पूर्व प्रधानमन्त्री एवम् सङ्घीय समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी राजनीतिक बन्दी भएको जिकिर गरेका छन् । आइतबार संसद्लाई सम्बोधन गर्ने क्रममा अध्यक्ष भट्टराईले रेशम चौधरीको मुद्दा थरुहट आन्दोलनको एउटा पाटो भएको भन्दै यो मुद्दालाई राजनीतिक घटनाका रूपमा बुझ्नुपर्ने बताएका हुन् । कैलालीबाट प्रत्यक्ष निर्वाचन जितेका रेशम चौधरीलाई लामो समयदेखि जेलमा राखिएको भन्दै उक्त घटनालाई राजनीतिक घटनाका रूपमा बुझ्नुपर्ने भट्टराईले बताए । उनले भने, ‘माननी