काठमाडौँ । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ । आगामी २९ र ३० गतेका लागि काठमाडौँमा विस्तारित बैठक बोलाइएको नेता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।
काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी, नेपाल विभाजनको मुखमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई दुवै पक्षले आ–आफ्नो पक्षको बैठक राखेपछि जसपा आधिकारिक रुपमा विभाजनतर्फ अघि बढेको छ । भट्टराईले हिजोबाट केन्द्रीय समितिको विस्तारित बैठक सुरु गरेका छन् । उता, यादवले आजबाट केन्द्रीय कार्यकारिणी समितिको बैठक राखेका […]
बुधबार जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय विस्तारित बैठक बस्दैछ । केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंमा बस्दैछ भने कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगञ्जमा बस्दैछ...
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय समितिको विस्तारित बैठक बुधबार वीरगञ्जमा सुरु हुँदैछ।फुटको संघारमा पुगेपछि यादव पक्षले बुधबार र बिहीबार वीरगञ्जमा केन्द्रीय समितिको विस्तारित बैठक राखेको हो।जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका केन्द्रीय सदस्यको विस्तारित बैठक भने काठमाडौंमा जारी छ। मंगलबार सुरु भएको बैठकमा भट्टराईले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरे।भट्टराईको प्रतिवेदनमा छलफल गर्न १० वटा समूह बनाइएको छ
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को विवाद मत्थर हुनुको साटो थप उत्कर्षमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बुधबार वीरगन्जमा गर्दैछ । पार्टीभित्रको अर्को खेमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले मंगलबार नै काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक गर्यो । यसबाट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको सन्देश दुवै पक्षले दिएका […]
काठमाडौँ । जसपाको बाबुराम भट्टराई पक्षको विस्तारित बैठक काठमाडौँमा सुरु भएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै विस्तारित बैठक बोलाएका हुन् । यादव पक्षको बैठक भोलि (बुधबार)देखि वीरगन्जमा हुँदै छ । भट्टराई पक्षको बैठक काठमाडौँको जडिबुटीस्थित एक पार्टी प्यालेसमा भइरहेको छ । बैठकमा जसपा नेता महिन्द्रराय […]
जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई पक्षको विस्तारित बैठक काठमाडौंमा सुरु भएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै विस्तारित बैठक बोलाएका हुन् ।
काठमाण्डाै – आज जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक बस्दैछ ।
बाबुराम पक्षले असार २८ र २९ गते काठमाण्डौमा बैठक बोलाएको हो । अर्का अध्यक्ष यादवले भने असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन् । पछिल्लो समय पार्टीका द्वय अध्यक्ष यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु पुगिसकेका छन् । यद्यपि पार्टीमा भट्टराई भन्दा यादव पक्षको बहुमत देखिन्छ । जसकारण पनि पार्टी या...
२० असार, काठमाडौं । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ । आगामी २९ र ३० गतेका लागि काठमाडौंमा विस्तारित बैठक बोलाइएको नेता गंगा नारायण श्रेष्ठले जानकारी दिए । अध्यक्ष उपेन्द्र यादवले भने २७–२८ गतेका लागि वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । यो बैठकमा भट्टराई पक्ष भने […]