आयल निगमका कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले विना धितो १५ लाखसम्म कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंकले नेपाल आयल निगमका कर्मचारीलाई विना धितो १५ लाख रुपैयाँसम्म सरल कर्जा दिने भएको छ । आइतबार राजधानीमा एक समारोहका बीच बैंक र निगमबीच यस्तो सहमति भएको हो । सहमति अनुसार बैंकले निगमको सिफारिसमा न्यूनतम २ वर्ष पुरा गरेका निगमका कर्मचारीलाई विना धितो अधिकतम १५ लाख रुपैयाँ सरल कर्जा प्रदान गर्नेछ । यस्तो कर्जा बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम प्रदान गरिने बैंकले जनाएको छ । यसका लागि निगमका तर्फबाट कर्मचारीहरुले तलबी खाता राष्ट्रिय वाणिज्य बैंकमा नै खोल्नुप