सात महिना अगाडि प्रदेश १ को भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने १८ स्रष्टालाई सम्मान र पुरस्कार गर्ने गरी गरेको मन्त्रीस्तरीय निर्णय अझै कार्यान्वयन भएको छैन । ०७७/०७८ को पुरस्कारका लागि खेम नेपालीको संयोजकत्वमा गठित समितिले तत्कालिन सामाजिक विकासमन्त्री उषाकला राईलाई १८ जना स्रष्टाको नाम सिफारिस गरेको थियो ।उक्त सिफारिसको आधारमा मन्त्रीस्तरीय निर्णय गर्दै २०७८ कार्तिक १२ गते पुरस्कृत तथा सम्मानित हुने स्रष्टाहरूको नाम सार्वजनिक गरिएको थियो । पुरस्कार तथा सम्म