नेकपा एमालेको माधव कुमार नेपाल समूहले पार्टी एकतालाई जोगाउन अधिकतम पहल गर्ने निर्णय गरेको छ । नेपाल समूहको सोमबार राजधानीमा बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो।
बैठकले ओली समूहको स्थायी समिति बैठकले ९ विभाग गठन गर्ने निर्णयको विरोध पनि गरेको छ।
आजै बसेको संस्थापन समूहको बैठकले भने नेपाल समूहलाई नसमेटिकन विभागहरु गठनको निर्णय गरेको थियो ।