भक्तपुरमा सुनिल प्रजापतिले २६ हजार कटाउँदा कांग्रेसको ३ हजार र एमालेको २ हजार

काठमाण्डाै - भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापतिले फराकिलो अन्तरमा अग्रता लिइरहनुभएको छ । उहाँले २६ हजार मत कटाउँदा कांग्रेस उम्मेदवार रामप्रसाद कासुलाको ३ हजार र एमालेका रविन्द्र लाछिमस्युको २ हजार मत आएको छ । उपमेयरमा पनि मजदुर किसान पार्टीकै रजनी जोशीले २७ हजारभन्दा बढी मत ल्याएर फराकिलो अग्रता बनाइरहनुभएको छ ।