नेपालमा व्यावसायिक रूपमा ४४ हजार आठ सय गाई र ३४ हजार ६ सय भैँसी व्यावसायिक रूपमा पालन गरिएका छन् । पालन गरिएकामध्ये उन्नत जातका गाईको संख्या ७५ प्रतिशत रहेको छ भने...
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘अग्र्यानिक मैवाखोला’ अभियानअन्तर्गत अनुदानमा उन्नत जातको गाई वितरण गरेको छ । किसानको आयआर्जन बढाउन गाई वितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा करिब रु आठ लाखमा १३ वटा उन्नत जातको गाई खरिद गरी किसानलाई वितरण गरेको गाउँपालिकाका पशु शाखाका प्रमुख वमप्रसाद वनेमले बताए। वनेमका अनुसार होलस्टेन र जर्सी जातका गाई चितवन जिल्लाबाट खरिद गरी गाउँपालिकाको वडा नम्बर १ ढुङ्गेसाँघुका किसानलाई वितरण गरिएको छ । किसानलाई आम्द
उत्तर प्रदेशको मथुरा जिल्लामा राष्ट्रिय राजमार्ग नजिकै बन्द कन्टेनरमा २९ गाई मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले अलपत्र परेको कन्टेनरमा २९ गाई मरेको र एउटा गाई भने जिउँदै फेला पारेको बताएको छ । उक्त कन्टेनरको चालक फरार रहेको मथुरा सर्कल अफिसर (सीओ) रिफाइनरी हर्षिता सिंहले बताए । 'हामीलाई मथुरा जिल्लाको राष्ट्रिय राजमार्ग नजिकै एउटा बन्द कन्टेनर रोकिएको जानकारी प्राप्त भयो र त्यहाँ पुगेर हेर्दा २९ गाई मृत फेला परेका थिए भने एउटा गाई जिउँदै फेला परेको थियो। चालक भने फरार छन्। मुद्द
८ कात्तिक, काठमाडौं । यमपञ्चकको चौथो दिन आज गाई तिहारे औंसी । हिन्दू धर्मालम्बीहरुले गाईलाई पूजा गरेका छन । घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ । हरेक वर्ष जस्तै आज पशुपति क्षेत्रमा पनि सामूहिकरुपमा विधिपूर्वक गाई पूजा गरिएको छ । हिन्दू धर्ममा गाईलाई माताका […]
सिमकोट– हुम्ला सदरमुकामस्थित नापी कार्यालयनजिकै बिजुलीको खम्बाबाट करेन्ट लागेर एउटा गाई मरेको छ। गाई बिजुलीको खम्बामा टाँसिएपछि करेन्ट लागेको थियो। बालमन्दिर चोकस्थित नापी कार्यालय नजिकैको बिजुलीको खम्बाबाट आएको करेन्ट लागेर गाई मरेको प्रत्यक्षदर्शी ज्ञान बहादुर रोकायाले जानकारी दिए। हावाले बिजुलीको लाइन छुट्दा खम्बामा छोएको र सो खम्बामा गाई टाँसिएर करेन्ट लागेको हुनसक्ने प्रहरीले जनाएको छ। […]
दाङ – तिहारमा गाई पुज्ने धार्मिक परम्परा छ । तर, घर वरपर गाई नभेटेपछि आश्रममा पालिएका गाई पुज्नुपर्ने बाध्यता आएको छ । दाङ बनगाउँमा रहेको स्वर्गद्धारी आश्रममा पालिएका गाई पुजेर धर्मसंस्कृति जोगाउनु परेको स्थानीय मायाँ पौडेलले बताइन् । ‘गाई पाल्न छाडियो । गाउँ घरमा भेटिन पनि छाडे गाई । अहिले आश्रममा आएर पुजा गर्नु परेको […]
गाई काट्ने १० जना पक्राउ पक्राउ परेका छन्। गाई काटेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बकैया–११ बाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरु सबै सोही गाउँपालिकाका रहेका प्रहरीले जनाएको...
२५ असार, काठमाडौं । बंगलादेशमा अहिले एउटा पुड्को गाई चर्चामा छ । ‘रानी’ नाम दिइएको यो गाई अहिले बंगलादेशको ‘सेलिब्रिटी’ बनेको छ । मानिसहरु यो गाई हेर्न टाढाबाट आउन थालेका छन् । २३ महिनाको भुटानी गाई केबल ५१ सेन्टिमिटर अग्लो छ भने २८ किलोको छ । राष्ट्रव्यापी लकडाउनका बाबजुद अहिलेसम्म यो गाईलाई हेर्न १५ हजारभन्दा […]
सप्तरी - सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका-५ मा रहेको एक गाई फर्ममा आगलागी भएको छ ।
बिहान आगो लाग्दा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेका सप्तरी प्रहरीले जनाएको छ । नोज साहको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गोठमा ६० वटा गाई पालिएकामा २० वटा जलेर मरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिनुभयो ।
अहिले आगो नियन्त्रणमा आएको छ । अहिले के-कति क्षति भयो भन्नेबारेमा लागत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । हिजो सप्तरीको तिलाठी कोइलाडी गाउँ...