काठमाडौं : देशभर पछिल्लो समय ११ हजार ६ सय ६४ जनामा कोरोना परीक्षण गर्दा थप दुई हजार चार सय ४५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ।योसँगै मृत्यु हुनेको संख्या ९ हजार पाँच सय ८२ पुगेको छ। एक हजार दुई सय ५८ जना कोरोनामुक्त भएका छन्। काठमाडौंमा तीन सय ३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ गरी उपत्यकामा कूल चार सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।पछिल्लो केही दिनयता ओरालो लाग्न थालेको कोरोना मृत्युदर भन