सुख्खा मौसम र हावाहुरी चल्ने हुनाले चैत, वैशाख र जेठमा आगलागी हुनसक्ने भन्दै प्रहरीले सचेतना अपनाउन आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ११ बुँदे सूचना जारी गर्दैै सचेतना अपनाउन र आगो लागि हालेमा प्रहरी कन्ट्रोल– १०० र दमकल सेवाको नम्बर–१०१ मा खबर गर्न आग्रह गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जनस्तरबाट सचेतना अपनाएर सहयोग गरेमा क्षती कम गर्न सकिने बताए । उनले भने–‘आगलागी हुन नदिन जनस्तरबाट नै सहयोगको अपेक्षा गरेका छौं ।’काठम