बैतडी : लागुऔषधविरुद्ध बैतडी प्रहरीले सचेतना अभियान सञ्चालन गरेको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाभरीका विद्यालयहरुमा सचेतना कक्षा सञ्चालन गर्ने गरिएको हो। जिल्लाका सबै विद्यालयमा गएर कक्षा नै लिएर विद्यार्थीहरुलाई लागुऔषधविरुद्ध सचेतनामूलक कक्षा सञ्चालन भइरहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।विद्यालयमा गएर सचेतना फैलाउन थालेपछि उनीहरुले लागुऔषधविरुद्धमा सचेतना फैलाउने, अभिभावक र छरछिमेकलाई दुर्व्यसनीविरुद्ध सजग गराउने भएकोले