साेलुखुम्बु – सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाडौ लगायत विभिन्न जिल्लाहरुमा जान थालेका छन् ।
पर्यटकीय सिजनमा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका छन् । पर्यटकीय सिजनमा व्यस्त हुने होटल पसल व्यवसायीहरु पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिएको स्थानीय दामु शेर्पाले बताउनुभयो ।
अधिकांश व्यवसायी तथा स्थानीयहरु बाहिरिएसँगै खुम्बुक्षेत्र सुनसान बनेको लुक्लाका स्थानीय तोया श्रेष्ठले बताउनुभयाे&n...