कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ रनगाईमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर बिहान ७ बजे सडकबाट पाँच मिटर तल खसेको थियो । घटनामा परी मृत्यु हुनेका सोही ठाउँका वर्ष ४८ की शिवकुमारी थारु र वर्ष १६ की वालिका फुलकुमारी थारु रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । बालुवा लिनको लागि बुद्धभूमि ४ बुड्ढी जाने क्रममा बिहान ७ बजे दुर्घटना भएको थियो ।