क्रियाशील सदस्यतासम्बन्धी छानबिन समितिको प्रतिवेदनमाथि छलफल गर्न नेपाली कांग्रेस पदाधिकारीको बैठक बूढानीलकण्ठमा शुरू भएको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक शुरू भएको हो ।
केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको समितिले चार लाख ४३ हजार नयाँसहित ८ लाख ५२ हजार क्रियाशील सदस्यको नामावलीसहितको प्रतिवेदन बुझाएको थियो ।
क्रियाशील सदस्यता विवाद नटुंगिदा साउन १२ देखि शुरू हुने भनिएको वडातहको अधिवेशन प्रभावित बनेको थियो । वडा र गाउँ अधिवेशन प्रभाव...