काठमाडौँ,५ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिले सोधेका अधिकांश विषयमा आफूले स्पष्ट जवाफ दिएको बताएका छन्। चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने सन्दर्भमा प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन विशेष समितिले आज उनीसँग सोधपुछ गरेको थियो । उक्त समितिले राखेका जिज्ञासाका बारेमा आफूले स्पष्ट जवाफ दिएको उनले बताएको हो । […]