भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात

बाँके। भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। इमरजेन्सी विभागमा कार्यरत हेल्थअसिस्टेन्ट पुपेन्द्र शाहीमाथि ३४ जनाको समूहले हातपात गरेको हो। कोभिड वार्डमा मृत्यु भएका विरामीलाई हेर्न नआएको भन्दै उनीमाथि हातपात गरेका थिए। अस्पतालले उक्त घटनाको छानविन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ। विज्ञप्ती जारी गर्दै जटिल अवस्थामा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नुको साटो दुर्व्यवहार भएकाले सुरक्षा व्यवस्था मिलाउन माग गरिएको छ।

सम्बन्धित सामग्री

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने तीनजना पक्राउ

काठमाडौं। भेरी अस्पताल प्रशासनभित्र अनाधिकृत रुपमा प्रवेश गर्ने तथा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात एवम् दुर्व्यवहार गरेको आरोपमा ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा दाङको तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने भरतबहादुर रावत, मानबहादुर रावत र लोकराज रावत रहेका छन्। उनीहरुलाई बाँके जिल्ला अदालतबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

भेरी अस्पताल घटनाबारे दोषीलाई कडा कारबाही गर्न डाक्टरहरूको माग

न्युज अफ नेपाल काठमाडौं । भेरी अस्पतालका कोभिड वार्डमा चिकित्सक तथा नर्समाथि भएको भौतिक आक्रमणको विरोध गर्दै दोषीलाई कारवाहीको माग गरिएको छ। उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आइसियु वार्डमै प्रवेश गरेर यस्ता हातपात गर्दा स्वास्थ्यकर्मीको मनोबल घट्ने र अन्य बिरामीको उपचार समेत प्रभावित हुनेभन्दै विरोध भएकोछ । बिहीबार राती भेरीका स्वास्थ्यकर्मीमाथि उपचाररत बिरामीको मृत्यु भएपछि आफन्तले कोभिड […]

कोरोना संक्रमितको उपचारमा खटिएका भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात

काठमाडौंः कोरोना संक्रमितको उपचारमा खटिएका भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। कोभिड वार्डमा उपचाररत विरामीको उचित हेरचाह नगरेको भन्दै अपरिचित व्यक्तिहरुले हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीमाथि हातपात गरेको अस्पतालले जनाएको छ। अस्पतालका अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव डा. प्रकाश थापाले विज्ञप्ति जारी गर्दै दोषी व्यक्तिमाथि कारबाहीको माग समेत गरेका छन्।…

भेरी अस्पतालका डाक्टर र नर्समाथि हातपात

भेरी अस्पताल बाँकेमा कार्यरत डाक्टर र नर्सहरुमाथि ज्ञानेन्द्र शाही समूहका युवाले हातपात तथा दुव्यर्वहार गरेका छन्।