काठमाडौं : नेपाल संवत् ११४३ आरम्भ भएको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन्।राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा नेपाल संवतले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ।उनले नेपाली समाज सभ्य र सहिष्णु समाज भएको र चाडपर्व तथा यस खालका असल परम्पराले थप सुदृढ बनाउँदै लगेको उल्लेख गरेकी छिन्।राष्टपति भण्डारी