प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएसँगै पर्सामा निर्वाचनको रौनक सुरु भएको छ । गठबन्धनभित्र र बाहिरका दलहरूले निर्वाचन क्षेत्र र उम्मेदवारहरूको टुङ्गो नलगाए पनि आकाङ्क्षीहरूले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।प्रदेशसभा अन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख)मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वीरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले उम्मेदवारी घोषणा गरेका छन् । २०७४ को निर्वाचनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत निर्वाचित भएको सो क्षेत्रम