जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य दीपक महतोले सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले उम्मेदवारी घोषणा गरेपनि पार्टीको नाम खुलाइएको छैन । उनले भने, ‘चुनाव लड्ने जसपाबाट नै हो तर पार्टीमा विवाद चलिरहेको छ, भोलि गएर के अवस्था हुने हो थाह छैन, टिकटको अवस्था के हुने हो त्यो पनि थाह छैन त्यही भएर अहिले पार्टीको नाम खुलाएको छैन ।’ जसपाबाट नभएपनि अन्य पार्टीबाट पनि चुनाव लड्ने आफ्नो तयारी रहेको उनले बताए ।समा