‘जलविद्युत र पर्यटनको विकासमा निजी क्षेत्रको लगानी जुटाऔं’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीको आयस्रोतको सम्भावना बोेकेको जलविद्युत र पर्यटनको पूर्वाधार विकासमा निजी क्षेत्रका व्यवसायीले लगानी गर्नुपर्ने बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको २९औं साधारणसभालाई बेनीमा सम्बोधन गर्दै ढकालले जिल्लामा व्यवसायी सम्भावना रहेका जलविद्युत र पर्यटन पूर्वाधारमा निजी व्यवसायी, स्थानीय तह र प्रदेश र संघ सरकार मिलेर लगानीमैत्री वातावरण […]

सम्बन्धित सामग्री

पर्यटनको विकासका लागि नागरिकको जीवनस्तर उकास्न आवश्यक : खिलराज रेग्मी

भरतपुर, १८ फागुन । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा पर्यटन क्षेत्रको सुधारका लागि आर्थिक क्षेत्रको सुधार हुन आवश्यक रहेको बताएका छन् । ‘भरतपुर भ्रमण वर्ष २०२४’ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले नागरिकको आयस्तर सुधार भयो भने मात्रै पर्यटनको विकास गर्न सकिने बताए । “मानिसको जीवनस्तर नउठे पर्यटनमा लगानी गर्न […]

छिट्टै पर्यटन ऐन ल्याउने पर्यटनमन्त्री किराँतीको प्रतिवद्धता

काठमाडौँ, २७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताएका छन् । भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका सङ्घ–संस्थाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिए । सरकारले पर्यटनको विकास गरी सर्वसाधरण जनताको आर्थिक […]

‘पर्यटन प्रवद्र्धनका गर्न व्यवहार परिवर्तन गर्नुपर्‍यो’

वीरगन्जलाई पर्यटकीय सहर बनाई पर्यटनको विकास प्रवद्र्धन गर्नका लागि राज्य र नागरिकको व्यवहारमा परिवर्तन आउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । पर्यटक प्रहरी र होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले संयुक्त रूपमा आयोजना गरेको ‘पर्यटन प्रवद्र्धन र पर्यटन सुरक्षामा सरोकारवालाको भूमिका’ विषयक अन्तरकृया कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटन विकासमा पर्यटक सुरक्षाको भूमिका नै महत्वपूर्ण हुने भएकाले पर्यटकसँग […]

युकेको नेपाली पर्यटन दूतमा मोक्तान नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डले नर्दन आयरल्यान्ड युकेको नेपाली पर्यटनको विकाश एवं प्रवर्द्धनका लागि पर्यटन दूत नियुक्त गरेको छ । बोर्डले युकेमा लामो समयदेखि बस्दै आएका उमेशराज मोक्तानलाई आगामी ४ वर्षका लागि पर्यटन दूत नियुक्त

नेपालमा पर्यटनको हैसियत वार्षिक ७० अर्ब रुपैयाँ मात्र ?

नेपालको पर्यटन क्षेत्रले दुई वर्षअघिसम्म वार्षिक पर्यटन क्षेत्रबाट करिब रु ७० अर्बको हाराहारमा आम्दानी गरिरहेको थियो । सम्भावनाका दृष्टिकोणले यो रकम निकै न्यून हो । पर्यटन शहरदेखि दुर्गम ग्रामीण क्षेत्रसम्म आम्दानी दिने स्रोत हो, तर यसका लागि आवश्यक पूर्वाधार र प्रचारप्रसारको चरम अभाव छ । पर्यटनको विकास नारामा सीमित भैरहँदा यसको विकास र प्रबद्र्धन हुन …

नेपालका सांस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यमः पर्यटनमन्त्री श्रेष्ठ

'मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने क्षेत्र पर्यटन नै हो त्यसैले समृद्धि हासिलका लागि पर्यटनको विकास हुनुपर्छ, पर्यटनको माध्यमबाट नेपाललाई विश्वको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ।'...

दाङमा औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी सुरु

२६ फागुन, दाङ । दाङको घोराही उपमहानगरपालिका- १४ स्थित झिगौरामा औद्योगिक तथा कृषि प्रदर्शनी सुरु भएको छ । ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नारासहित उद्योग वाणिज्य संघ दाङको आयोजनामा घोराहीमा सुरु भएको हो । प्रदर्शनीको उट्घाट्न लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरेका हुन् । उनले उद्योग व्यापार कृषि एवं पर्यटनको […]

नेपाली पर्यटनको विकास र विस्तार

विश्वका अधिकांश देशका पर्यटन व्यवसायी र सरकारका लागि कम लगानी र लगभग शून्य जोखिममा राम्रो आमदानी गर्ने स्रोतका रूपमा लिने गरिन्छ, पर्यटन उद्योगलाई । विश्वमा औपचारिक रूपमा पर्यटन व्यवासाय शुरू भएको लगभग १ सय ८२ वर्षको भइसकेको छ । सन् १८४१ मा बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रूपले निश्चित रकम लिएर आफ्नै देशका नागरिकहरूलाई आन्तरिक पर्यटकका रूपमा घुमाउन शुरू गरेका थिए । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्ने क्रममा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना (लगभग १२ लाख) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसअघि पनि विश्वका अधिकांश देशका मान्छेहरूले विश्वभरि नै अनेक खालका भ्रमण गर्ने गरेका थिए । तर, ती मान्छेहरूले गर्ने भ्रमणहरू अनेक स्वार्थ र उद्देश्य लिएर हुने गथ्र्यो । त्यस्तो भ्रमणलाई पर्यटकीय उद्देश्यले गरेको भ्रमण मान्ने गरिँदैन । त्यसैले बेलायती नागरिक थोमस कुकको भ्रमण टोलीलाई नै पहिलो पर्यटकीय भ्रमण टोली मान्ने गरिएको हो । थोमस कुकले शुरूमा आफ्नै देश बेलायतका पर्यटकलाई आफ्नै मुलुकको विभिन्न ठाउँको भ्रमण गराएर आन्तरिक पर्यटकका रूपमा भ्रमण व्यवसायको शुरुआत गरेका थिए । जुन टोलीको पर्यटकीयबाहेक अरू कुनै उद्देश्य थिएन । यसरी कुनै नाफा वा व्यक्तिगत स्वार्थ र उद्देश्य नलिई गराएको भ्रमण भएकाले उक्त भ्रमण टोलीलाई प्रथम ‘पर्यटकीय भ्रमण टोली’ मानियो । यसरी उनले ‘भ्रमण व्यवसाय’ अर्थात् भ्रमण व्यवसाय शुरू गरे । शुरूमा उनले दीर्घकालीन योजनाविना नै भ्रमण व्यवसाय शुरू गरेकाले उक्त व्यवसायबाट नाफा होइन, घाटा खाए । यसरी घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ र ? त्यसपछि उनले पाठ सिकेर फेरि निश्चित प्रतिशत कमिशन खाएर ‘भ्रमण व्यवसाय’को शुरुआत गरे । भनिन्छ, शुरूमा उनले लागत खर्चबाहेक ५ प्रतिशत कमिशन खान्थे । यसरी उनले सन् १८४५ मा कमिशनको आधारमा व्यवसाय शुरू गरेपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । यसरी कुकले आन्तरिक रूपमा शुरू गरेको भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि उनले सन् १८७२ मा दशजना बेलायती नागरिकलाई लिएर पर्यटकीय उद्देश्यका साथ विश्वका विभिन्न देशमा भ्रमण गर्न निस्किए । यसरी हेर्दा लगभग १ सय ८२ वर्षअघि थोमस कुकले दशजना पर्यटक लिएर विश्वको विभिन्न देशमा पर्यटकीय उद्देश्यले घुम्न निस्किए यता विश्वका अधिकांश मुलुकका अर्बौं मानिसले विश्वका अधिकांश देशको पर्यटकीय स्थलको भ्रमण गरिसकेका छन्, पर्यटकीय उद्देश्यका साथ । नेपालमा १०४ वर्षे राणा शासनकालमा विदेशीलाई (कूटनीतिक उद्देश्यबाहेक) नेपालको भ्रमण गर्न बन्देज लगाएकाले गर्दा पयर्टनले फस्टाउने अवसर पाएन । त्यसो त विसं २००७ सालमा आएको राजनीतिक परिवर्तनदेखि २०१५ सालसम्मको संक्रमणकालीन अवस्थामा पनि नेपालमा अपेक्षित रूपमा पर्यटनले फस्टाउने अवसर पाएन । राजा महेन्द्रले २०१७ सालमा गरेको ‘कु’ पछि केही विदेशीहरू अघि सरेर नेपालमा पर्यटन व्यवसायको शुरुआत गरे । त्यसमा पनि बेलायती, जर्मन, जापानी, स्वीस, रूसी, फ्रान्सेली आदि विदेशी नागरिकले नेपालको पर्यटन प्रवद्र्घन गर्नमा शुरूमा धेरै नै योगदान दिएका थिए । ती विदेशीहरू, जो नेपाल आएर बसेका थिए, उनीहरू शुरूमा शुद्घ पर्यटन व्यवसायीका रूपमा भन्दा पनि कुनै न कुनै उद्देश्यले नेपाल आएर बसेका थिए । जे भए तापनि नेपालको पर्यटनको विदेशमा प्रचारप्रसार र विश्व पर्यटन बजारमा नेपालको पर्यटकीय उत्पादनहरू बेच्न जस्तै पदयात्रा, पर्वतारोहण, जलयात्रा, जंगल सफारी, एथ्निक ग्रूप चिनाउने, नेचर, कल्चर, वन्यजन्तु आदिको बजार विस्तार गर्नमा विदेशी पर्यटन व्यवसायीहरूबाटै शुरू भएको हामीले स्वीकार्नु पर्ने हुन्छ । तीसवर्षे पञ्चायती कालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनुपर्ने हो, त्यति भएन । सन् १९८९/९० मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकहरूको संख्याले लाखको संख्या नाघ्न थाल्यो । सन् १९८९/९० मा नेपालमा आएको प्रजातन्त्रसँगै पर्यटनले पनि केही बढी महत्त्व पाउन थाल्यो भन्न सकिन्छ । बीचको प्रजातान्त्रिक भनिएको सरकारले पनि नेपालको पर्यटन विकास र विस्तारका लागि खासै गर्व गर्नलायक कामचाहिँ केही गरेन । तर, हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीबाट सक्दो सलामी दस्तुर लिने, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (र्‍याफ्टिङ) मा जाने पर्यटकलाई अनुमति दिएबापत उनीहरूबाट मनग्गे शुल्क असुल्ने काममा भने हेरविचार गरिएन । बरु उल्टै निषेधित क्षेत्रबाट झनै महँगो शुल्क लिने गरियो । सरकारले अहिले पनि निषेधित क्षेत्रबाट त मनग्गे शुल्क असुली रहेकै छ । हो, पर्यटन क्षेत्रमा त्यो बेलाको सरकारले गरेको काम जसलाई बाहिरबाटै देख्न सकिन्छ, त्यो भनेको ‘पर्यटन बोर्ड’को गठन हो । समग्रमा हेर्दा विसं २०६२/६३ को तेस्रो जनआन्दोलनपछि नेपाल आउने विदेशी पर्यटकहरूको संख्या लगातार बढिरहेको थियो । त्यसो भए तापनि विदेशी पर्यटकले नेपालमा आएर गर्ने दैनिक खर्च र उनीहरूको प्रतिव्यक्ति प्रतिदिन नेपाल बसाइ भने बढ्नुको सट्टा घट्दै गएको देखिन्छ । त्यस्तै, सन् २०१५ मा आएको प्राकृतिक विपत्ति (भूकम्प) र भारतको अघोषित नाकाबन्दीले नेपाली पर्यटन अरू थिलथिलो भएको थियो । तथ्यांक हेर्ने हो भने, सन् २०१४ मा सातलाख ९० हजार ११८ जना विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१५ मा जम्मा ५ लाख ३८ हजार ९७० जना विदेशी पर्यटक मात्रै नेपाल आएका थिए । तर, सन् २०१५ को भूकम्प र भारतीय नाकाबन्दीपछिका वर्षहरूमा जस्तै सन् २०१६, सन् २०१७, सन् २०१८, सन् २०१९ मा भने नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार रूपमा बढ्दो क्रममा रहेको थियो । यसरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्ने क्रममा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना (लगभग १२ लाख) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने, सन् २०१८ मा एक विदेशी पर्यटकले दैनिक ४४ अमेरिकी डलर मात्रै खर्च गरेका थिए । लेखक पर्यटनकर्मी हुन् ।

पर्यटन क्षेत्र पुनर्जागरणको प्रयास

वैश्विक महामारीका रूपमा फैलिएको कोरोना संक्रमणले सबैभन्दा बढी पर्यटन क्षेत्रमा प्रभावित पारेको छ । नेपालमा पर्यटनको विकास गरी आर्थिक उन्नति गर्ने नारासहित ‘भिजिट–२०२०’ नारासहित सुरु गरेको अभियानको बीचमा नै कोरोना महामारीको संक्रमण फैलिएपछि बाह्य पर्यटकहरू आउन नपाउँदा पर्यटन क्षेत्रमा ठूलो नोक्सानी बेहोर्नुप¥यो । १९ महिना लामो कोभिड–१९ महामारीको संकटका बीचमा गरिएको लकडाउन (बन्दाबन्दी) र निषेधाज्ञाले […]

निजी क्षेत्रको साथ विना उद्योग, पर्यटनको विकास नहुने

वीरगन्ज-गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणीभद्र शर्माले निजी क्षेत्रको साथ विना देशको उद्योग पर्यटन क्षेत्रको विकास नहुने बताएका छन् ।वीरगन्ज उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको स्वागत तथा भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री शर्माले निजी क्षेत्रलाई साथमा लिएर जाने की नजाने भन्ने दुई पक्षबीचको द्वन्द्वको भासमा अहिले मुलुक गएको बताउँदै निजी क्षेत्रलाई प्रोत्साहन […]