काठमाण्डाै – आज आइतवार दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन ।
आजको बैठकबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने तयारी छ । तर संसद् बैठक बस्नुअघि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बसेको छैन ।
एमसीसी अनुमोदनका लागि सत्तारुढ गठबन्धनले व्याख्यात्मक घोषणा पारित गर्ने सहमति गरेका छन् । मन्त्रिपरिषद्को बैठकले घोषणा पारित गरेपछि संसद्ले राष्ट्रिय महत्त्वको प्रस्तावका रूपमा पारित गर्नेछ । घोषणामा एमसीसी सम्झौताभन्दा नेपालको संविधान माथि रहने प्रष्ट उल्लेख ...