प्रतिनिधि सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा पेश गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
कार्यसूचीमा अध्यादेशलाई राखिएको विरोधमा प्रचण्ड-नेपाल पक्षीय सांसदहरूले यसअघि नै संसद् बैठक बहिस्कार गरेका थिए ।