‘यो चुनाव मात्र होइन राष्ट्रियताको लडाइँ पनि हो,’ कात्तिक १७ मा दार्चुलाबाट चुनावी प्रचार अभियान सुरु गर्दै एमाले अध्यक्ष केपी ओलीले भनेका थिए । उनले सुदूरपश्चिमबाट चुनावी प्रचार सुरु गर्नुको पछाडि विजयको सुरुवात पनि यसै क्षेत्रबाट हुने दाबी गरेका थिए ।