काठमाडौँ : प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद कृष्णप्रसाद दाहालले बेलायती गोर्खा सैनिकलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका छन्।शुक्रवार बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबारे छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै सांसद दाहालले बेलायतमा रहेका गोर्खा सैनिकलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका हुन्। उनले नेपाली महिलासँग विवाह गरी नेपालमै १५ वर्षसम्म बसोवास गरेका नेपाली महिलाका श्रीमान्लाई प