चितवन – चितवनमा रहेका पाँच जनाले नेपाली नागरिकता त्यागेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गएकाे आर्थिक वर्षमा यहाँ स्थायी बसोवास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपाली नागरिकता त्याग गरेका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी टीकाराम वाग्लेका अनुसार यस्ता नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेका छन् । यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला...