यो वर्ष काग तिहार र कुकुर तिहार किन मनाइयो एकैदिन ?

१७ कात्तिक, काठमाडौं । यो साल काग तिहार र कुकुर तिहार एकैदिन मनाइएको छ । बुधबार अर्थात् कात्तिक कृष्ण चतुर्दशीको दिन हिन्दु धर्मावलम्बीहरुले काग तिहार र कुकुर तिहार मनाएका छन् । सामान्यतया कात्तिक कृष्ण त्रयोदशीको दिन काग तिहारसँगै यमपञ्चक सुरु हुने र दोस्रो दिन कुकुर तिहार पर्ने गर्छ । काग तिहारकै दिन साँझ यमदीप दान […]

सम्बन्धित सामग्री

यमपञ्चक अर्थात् तिहारका पाँच दिन

तिहार नेपालीहरुको महान चाड हो । हिन्दीमा ‘त्योहार’ शब्दबाट अपभ्रंश भई नेपालीमा तिहार भयो । नेपालका सबै चाडपर्वलाई तिहार भनिदैन । यमपञ्चकको पाँचौ दिनलाई तिहार भनिन्छ । यम भन्ने वित्तिकै हाम्रो मन मस्तिष्कमा उग्रमुखाकृत भएको क्रुर व्यक्तिको आकृति आउँछ । यम भनेको पातन्जली योगसुत्रको यम, नियम, आसन, धारण ध्यान भनिन्छ । यम भनेको नियम, आचार संहिता, धर्म हो । धर्म भनेको एउटा संहिता हो ।   यमपञ्चकको पाँच दिन भन्नाले सुरुमा काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र मान्छे

तिहार सुरु भएसँगै बजारमा भीडभाड बढ्दो (फोटो फिचर)

काठमाडौँ- तिहार सुरु भएसँगै बजारमा पनि भीडभाड बढेको छ । असनसहितका बजारमा भिडभाड बढेको हो । लक्ष्मीपूजा र भाइमसला खरिद गर्नेहरुको भीड असन क्षेत्रमा बढेको हो । आइतबार काग तिहार र  सोमबार कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । मंगलबार गाईपूजा, बुधबार गोवर्द्धनपूजा हलितिहार, म्हपूजा परेको छ भने बिहीबार भाइटीका परेको छ […]

६ दिनको यमपञ्चक : तिहारको बिदा पाँच दिन, सरकारी कार्यालय एक साता बन्द

काठमाडौं : यमपञ्चक ! यो शब्दले यमराजसँग सम्बन्धित ५ दिन भन्ने बुझाउँछ।पहिलो दिन काग तिहार। दोस्रो दिन कुकुर तिहार। तेस्रो दिन गाई पूजा र लक्ष्मी पूजा। चौथो दिन गोवर्द्धन पूजा वा गोरु पूजा। अन्तिम दिन भाइटीका। यमपञ्चकको क्रम यही हो।तर यो वर्ष यमपञ्चक ६ दिनको भएको छ। तिथि घटबढका कारण यस्तो हुने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी बताउँछन्।‘यो वर्ष मात्र नभई पहिले पनि कुनै कुनै वर्ष यस्तो स्थिति हुन्थ्यो’, उनी भन्छन्, ‘यो वर्ष त

यस्तो छ तिहारको सांस्कृतिक तथा पौराणिक महत्व

हामीले भर्खरै मात्र सबैभन्दा ठूलो चाड विजया दशमी मनायौं र अर्को ठूलो चाड तिहार मनाउँदै छौं । हिन्दू धर्मावलम्बीहरुको दशैंपछिको अर्को ठूलो पर्व हो तिहार । यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि शुरु हुन्छ । तिहार ५ दिनसम्म मनाइन्छ । पहिलो दिन काग तिहार हो । दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । तेस्रो दिन गाईतिहार […]

आज काग र कुकुर तिहार मनाइँदै

काठमाण्डाै - आज काग र कुकुर तिहार मनाइँदैछ । तिथिका घटबढका कारण काग र कुकुर तिहार एकैदिन परेको छ । आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा दिइ काग तिहार मनाइन्छ । अघि बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि थियो । त्यसपछि चतुर्दशी तिथि लागेको छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा रामचन्द्र गौत...

यम पञ्चक (तिहार) शुरु

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।बुधबार बिहान ७:१४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइ

ध्यान दिनुस् यसरी गर्नुपर्छ घरको सफाइ - Naya Patrika

नेपालीको घर–आँगनमा तिहार भित्रिसकेको छ । पहिलो दिन काग तिहार मनाएका हिन्दू धर्मावलम्बीहरूले आज कुकुर तिहार मनाउँदै छन् । र, लक्ष्मीपूजा पनि भोलि नै मनाउँदै छन् । विशेषगरी, लक्ष्मीपूजाको आफ्नै...पूरा पढ्नुहोस् »

तिहारको यमपञ्चक सुरु, आज काग तिहार :: Pahilopost.com

पूर्णप्रसाद मिश्र काठमाडौँ  नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु भएको छ। तिहार कार्तिक शुक्ल द्वितीयासम्म मनाइँन्छ। तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार