प्रभु बैंक र जनकपुरस्थित बाबा फुड्स एण्ड रेस्ट्रोबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण प्रसाद गुप्ता र बाबा फुड्स एण्ड रेस्ट्राको तर्फबाट प्रबन्ध निर्देशक विशाल साहले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।सम्झौताअनुसार प्रभु बैंकका ग्राहकले बाबा फुड्सको ‘फुड’ र ‘वेभरेज सेवामा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ ।