प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा आफ्नो सरकारले गरेका काम/कारबाहीबारे पनि जानकारी […]