काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। दिउँसो एक बजे बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। यसअघि उनले हिजै विश्वासको मत लिने भनिए पनि विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव मात्रै पेश गरेका थिए। हिजो पेश गरिएको प्रस्तावमा आज मत विभाजन हुनेछ। हिजोको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि उनले आज विश्वासको मत लिन लागेका हुन्। पार्टीको महाधिवेशनका कारण प्रदेशसभा बैठकमा एमाले सांसद उपस्थित