सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लाग्नु भएको हो ।
आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा गएकाे कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री शाहीलाई तीन दलका २१ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ । कर्णाली प्रदेश सभामा ३५ जना प्रदेश सभा सदस्य रहेक...