काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वावसको मत लिँदै छन्।दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिन लागेका हुन्। कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता हस्तान्तरण गरेपछि गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्। बैठ