साउन ९, काठमाण्डौ । नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ राष्ट्रियसभामा पेस भएको छ । प्रतिनिधिसभामा फास्ट ट्रयाकबाट पारित गरिएको उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले जारी राष्ट्रियसभा बैठकमा पेस गरेका हुन् । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस भएसँगै संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा छलफल भएको छ । छलफलमा भाग लिदै राष्ट्रियसभा सदस्य तथा नेकपा […]