पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैको विद्युत महसुल तिरिदिने घोषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहकको विद्युत महसुल दिन उनले घोषणा गरेका हुन् । सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित सहभोज कार्यक्रममा उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारीताका साथ काम गर्ने पनि उनले बताए । उनी नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा विजय भएका हुन् । वडा अध्यक्षले पारिश्रमिक नलिने र सो रकम