बुटवल पावर कम्पनीद्वारा प्रवर्द्धित स्याङ्जाको गल्याङ्मा रहेको आँधीखोला वितरण केन्द्रले प्रस्ताव गरेको विद्युत महसुलविरुद्ध जिल्लाका जनप्रतिनिधिले विरोध जनाएका छन् । कम्पनीले आवश्यक परामर्श विना महसुल बढाउन लागेको भन्दै जनप्रतिनिधिले विरोध जनाएका हुन् । स्थानीय जनप्रतिनिधि र सरोकारवालासँगको समन्वय विना कम्पनीले विद्युत नियमन आयोगमार्फत् महसुल वृद्धिको प्रस्ताव गरेको छ । महसुल वृद्धि गर्नुपर्ने आधारसहित स्थानीयस्तरमा छलफल […]