काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ पेश भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा एमालेका सांसदहरुको विरोधका बिच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष पेश गरेका हुन् ।