३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीको दोस्रो दिन १० स्वर्णको छिनोफानो हुँदा तीन वटा राष्ट्रिय कीर्तिमान कायम भएको छ । पुरुषमा त्रिभुवन आर्मी क्लबका नासिर हुसेनले दुई स्पर्धामा र महिलामा आर्मीकै डुवाना लामाले यसअघि आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । २०० मिटर इन्डिभिज्युअल मिड्लेमा नासिरले २ मिनेट ११.२३ सेकेण्डको टाइमिङसहित नयाँ कीर्तिमान […]