जापानको टोकियोमा आयोजना भइरहेको ३२औं गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह ‘एलेक्स’ले पुरुष १०० मिटर फ्रीस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
टोकियोको एक्वेटिक सेन्टरमा मंगलवार भएको खेलमा हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।
उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरे । एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने सकिएको छ ।
हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनल...