म्याग्दी : देश निर्वाचनको संघारमा छ। उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न विभिन्न योजना र कार्यक्रमका साथ मतदाता भेटघाट तथा घरदैलो अभियानमा छन्।मंसिर ४ अर्थात् निर्वाचनको दिन आउन अब केवल ३३ दिन मात्र बाँकी छ। विगतका निर्वाचनमा चुनाव आउनुभन्दा दुई महिना अघि नै उम्मेदवारका पोस्टर, पम्प्लेट, तुल, ब्यानरले रंगिन हुने गाउँ वस्ती,चोक र गल्ली,गल्छेडाहरु यस वर्ष रित्ता र उराठ जस्ता देखिन्छन् । माइकमा प्रचार सामाग्री र गीत घन्काउँदै सहर बजार र गाउँ गाउँमा गाडीहरु पुग्दा मतदाताहरूमा पनि