बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमवार प्रदेशसभामा विश्वासको मत लिएका छन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
प्रदेशसभामा रहेका कुल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुलसंख्याको बहुमत भएको घर्तीले जानकारी गराए । ‘हुन्न’ भन्ने पक्षमा शूून्य सदस्य संख्या र उपसभामुख कृष्णी थारू तटस्थ रहेकी थिइन् । नेकपा एमालेले भने सदन बहिष्कार गरेको थियो ।
उक्त अवसरमा मुख्यमन्त्री केसीले पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको उल्लेख गर्दै सत्ता बहिर्गमनको आक्रोश भएको टिप्पणी गरे । सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै उनले संसदीय प्रक्रियालाई अवरुद्ध गर्न नहुने बताए । रासस