मकवानपुरको हेटौँडामा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको चुनढुङ्गा खानीका कारण राक्सिराङ गाउँपालिकामा रहेका अति सीमान्तकृत चेपाङ समुदायलगायत स्थानीय बासिन्दा समस्यामा परेका छन् । उक्त उद्योगले वडा नं ४ मा रहेको गिगुं क्षेत्रमा चुनढुङ्गा उत्खनन गर्न थालेसँगै त्यहाँ बसोबास गर्ने चेपाङ समुदाय समस्यामा परेको बताइएको छ । चुनढुङ्गा उत्खननका क्रममा स्थानीयवासीको घर नै पुर्न थालेपछि विस्थापित हुन परेपछि चेपाङहरुहरुले तत्काल पुनर्वासको माग गरेका छन् । साठी घरपरिवा