भदौ ११, काठमाडौं । साहारा विकास बैंकले तीन ओटा आवको संयुक्त साधारण सभा शनिवार गर्ने भएको छ ।
कम्पनीले आठौं नवौ र दशौं वार्षिक साधारण सभा बिहान १०:३० बजे होटल कुसुम एण्ड पार्टी प्यालेस मलंगवा सर्लाहीमा शुरु गर्ने जानकारी गराएको हो ।
सभाले यस बैंकलाई गरिमा विकास बैंकले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । प्राप्तिपछि गरिमा विकास बैंक लिमिटेडको नामबाट वित्तीय कारोबार गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्राप्ति प्रयोजनको लागि सम्पन्न सम्झौतापत्र, सहमतिपत्र, संयुक्त प्राप्ति समिति गठन एवम् सयुक्त प्राप्ति समितिलाई आवश्यक कार्य गर्न सक्ने अख्तियारी प्रत्योजन गर्ने लगायतका प्राप्ति सम्बन्धी सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले तीन ओटा आव २०७४/७५, आव २०७५/७६ र आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट तीन जना र सर्वसाधारणको शेयरधनीको तर्फबाट तीन सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।