काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न थप २ औषधिलाई अनुमति दिएको छ । डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब–इमडेभिमाबलाई अनुमति दिएको हो । बाथ रोगमा पनि प्रयोग हुँदै आएको ब्यारसिटिनिब औषधि कोभिडका गम्भीर बिरामीहरुलाई कोर्टिकोस्टोरइडस् औषधिसँग मिलाएर खुवाउन सकिने बताईएको छ । यसले बिरामीको स्वास्थ्यमा सुधार गर्दै भेन्टिलेसनसम्म जाने खतरा टार्ने दाबी चिकित्सकहरुको […]