हेल्थडेस्क सञ्चालनमा ल्याइने

हुम्ला । हुम्ला जिल्लामा यही माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्लाका नागरिकलाई संक्रमणबाट बचाउन सातओटा स्थानीय तहमध्ये मुख्य नाकामा हेल्थ डेस्क पुनः सञ्चालनमा ल्याउने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निर्णय गर्नुका साथै संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह समेत गरेको छ । यसैगरी सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गर्नुका साथै सार्वजनिक स्थलमा धेरै व्यक्ति उपस्थित हुनेगरी राजनीतिक, प्रशासनिक र सामाजिक कार्यक्रम नगराउन पनि समितिले निर्देश समितिले निर्देश गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । जिल्ला भित्रिने मुख्य नाका सिमकोट विमानस्थल, ताँजकोट गाउँपालिकाको मैला कवाडी र चंखेली गाउँपालिकाको मिमिमा आवश्यक स्वास्थ्यसामग्री र स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क सञ्चालनमा ल्याएर आगन्तुक नागरिको स्वास्थ्य जाँच गरिने र सिमानाकास्थित गाउँपालिकाका स्वास्थ्य संयोजकले जिल्ला भित्रिएका नागरिकको दैनिक स्वास्थ्यसम्बन्धी प्रतिवेदन स्वास्थ्य सेवा कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए । कोरोनाविरुद्ध जनचेतना फैलाउन जिल्लाका सबै सञ्चार माध्यममार्फत सन्देश प्रवाह गर्नुपर्ने, सबै गाउँपालिकामा कम्तीमा पनि एउटा आइसोलेशन सेन्टर तयारी अवस्थामा राख्नुपर्ने, खाद्यान्न विक्री गर्दा दुई मिटरको दूरी कायम गर्नुपर्ने, सार्वजनिक सवारी साधनमा अनिवार्य मास्क प्रयोग गर्न लगाउनुपर्ने र माघ १५ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्नुपर्ने, व्यवस्था गरिएको छ । त्यसैगरी अस्पताल र आइसोलेशनमा पर्याप्त अक्सिजनको व्यवस्था गर्नुपर्ने, प्रहरीको समन्वयमा सबै गाउँपालिकामा कोरोनाविरुद्ध सचेतनामूलक सन्देशसहित प्रचारप्रसार गर्नुपर्ने र सबै गाउँपालिकामा स्वास्थ्यसामग्री, जनशक्ति, अक्सिजनको व्यवस्था मिलाउनुपर्नेमा पनि समितिले जोड दिएको थियो । रासस

सम्बन्धित सामग्री

हुम्लामा सामुदायिक विद्यालय सञ्चालनमा

सिमकोट – हिमाली जिल्ला हुम्लामा सामुदायिक विद्यालय सञ्चालनमा आएका छन्। पुस १५ गतेबाट लागू भएको हिउँदे बिदा सम्पन्न भएपछि विद्यालय सञ्चालनमा आएका हुन्। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज खत्रीले जाडो बिदामा रहेका सबै सामुदायिक विद्यालय सञ्चालनमा आएको बताए। उनले पुस १५ गतेबाट हिउँदे बिदामा रहेका जिल्लाका सात वटै गाउँपालिकाका २७ वटा मावि र […]

टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ।  चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो।कार्यालयले घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार बसेको सरोकारवालाको बैठकबाट टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। बैठकले आज बिहान ५ बजेदेखि यही कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

सुनवल सबस्टेसन सञ्चालनमा

काठमाडौँ,३ पुष । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको एक सय ३२ केभी क्षमताको सुनवल सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीय बासिन्दालाई विद्युत् आपूर्ति गर्न यो सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । सुनवल सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टील, सिमेन्टलगायतका उद्योग […]

भीमदत्त राजमार्ग सञ्चालनमा

डडेल्धुरा : सुक्खा पहिरोले अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। पहिरो पन्छाएपछि बुधबार साँझदेखि पूर्णरूपमा राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।सडक सञ्चालनमा आएपछि रोकिएका सवारीलाई गन्तव्यतर्फ लागेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए। बुधबार दिउँसो डडेल्धुराको साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएर सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त राजमार्ग अवरुद्ध बनेको थियो।

मेलौलीमा एम्बुलेन्स सञ्चालनमा

बैतडी : बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सञ्चालनमा आएको छ। सपोर्ट सोसाइटी नेपाल नामक संस्थाले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।चन्दा सङ्कलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सपोर्ट सोसाइटी नेपालका सचिव दशरथसिंह नायकले बताए।उनले भने, ‘अभियान थालनी भएको छोटो अवधिमै उल्लेख्य रकम सङ्कलन गर्न सफल भएका छौं। देश तथा विदेशबाट उठेको रकमबाट तथा नेपाल सरकारको भन्सार छुटमा अक्सिजन, एसी, स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएका हौँ।’विसं २०७७ चैतबाट थालिए

मनकामना केबुलकार सञ्चालनमा

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो।  विगतका वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै आएकोमा यस वर्ष...

ग्रोडेली सञ्चालनमा

नेपाली उत्पादन तथा ब्रान्डलाई प्रोत्सहान र प्रवद्र्धन गर्ने उद्देश्यले ई–कमर्स प्लेटफर्म ग्रोडेली सञ्चालनमा आएको छ।...

महालक्ष्मी मिसकल सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी मिसकल सेवा सञ्चालनमा ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएको यस सेवामा कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाबारे जानकारी लिन सकिनेछ।...

महानगरको विपद् पोर्टल सञ्चालनमा

विराटनगर महानगरपालिकाले विपद् पोर्टल सञ्चालनमा ल्याएको छ । बुधबार महानगरमा एक कार्यक्रमको आयोजना गरी पोर्टल सञ्चालनमा ल्याएको हो । पोर्टलको विराटनगर महाननगरपालिकाका मेयर भीम पराजुलीले शुभारम्भ गरेका थिए।...