काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले किसानहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको आज आइतवारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले किसानहरूलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई 'रुलिङ' गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र किसानहरूलाई मल ...