राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पटक–पटक गरिएका निर्णय र निर्देशनको प्रभावकारी हुन नसकेको जनाएको छ । समितिको शुक्रबारको बैठकमा ‘वार्षिक प्रतिवेदन कार्यान्वयन अनुगमन एवं मुल्याङकन प्रतिवेदन’ सम्बन्धमा छलफल गर्दै समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले समितिको निर्देशन केही कार्यान्वयनमा आएको तथा अधिकांश कार्यान्वयन नभएको बताइन् ।