हेटौंडा : गठबन्धनमा भागबन्डा मिलाउन मन्त्रालय फुटाउन लागेको बागमती प्रदेश सरकारले संसदीय समिति पनि थप्ने तयारी गरेको छ।गठबन्धनमा रहेका सबै दललाई भाग पुर्याउन मन्त्रालय विभाजनको कसरत गरिरहेको बागमती सरकारले दुई वटा संसदीय समिति पनि थप्ने तयारी गरेको हो।यसअघि पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले थप्न लाग्दा विरोध गरेर स्थगित भएको दुई संसदीय समिति गठबन्धन सरकारले थप्ने भएको छ।हाल प्रदेशसभामा ५ संसदीय समिति रहेकोमा अझै २ संसदीय समिति थप्ने सरकारको तयारी छ।मन्त्रालय विभाजन ग