कमिसन विवादको कारण भारतको सिरम इन्स्टिच्युटसँग ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने प्रक्रिया रोकिएको समाचार सार्वजनिक भएसँगै सरकारले औपचारिक रूपमा यसको खण्डन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै सार्वजनिक समाचारमा कुनै सत्यता नरहेको र खोप आउने क्रममा नै रहेको दावी गरेको हो । ...