बालबालिकाको नियमित खोप नछुटाऔँ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड-१९) जोखिमका नाममा बालबालिकालाई दिइने नियमित खोपहरू नछुटाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महामारीका बेलामा पनि बालबालिकाको नियमित खोप सुचारु भइरहेकाले खोप तालिकाअनुसार सबै खोपको मात्रा नछुटाई पूरा गराउन आह्वान गरेको छ । १५ महिना मुनिका बालबालिकालाई विभिन्न रोग विरुद्धका खोप अनिवार्य रुपमा लगाउनुपर्छ ।जन्मने वित्तिकै बिसिजी, जन्मेको ६ हप्तामा रोटा पोलियो एफ.आई.पि.भी., पि.सि.भी., डि.पि.टी., हेप बी.हिब, यस्तै १० हप्तामा र