काठमाण्डौ – नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत आफ्नाे पार्टीले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गर्नुभएको छ ।आज मङ्गलवारदेखि शुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति खड्काले कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिइएको बताउनुभएको हो । एमाले–माओवादी केन्द्रलगायतका दलहरूको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि वि...