अर्घाखाँची, २८ साउन । सन्धिखर्क नगरपालिका–१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सन्धिखर्कको कुडूले फाँट, वृति फाँटर सुक्मी फाँटका किसान अहिले परम्परागतखेती छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि यस क्षेत्रका किसान पनि […]
गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकामा मह उत्सव मनाइएको छ । मुसिकोट नगरपालिकाअन्तर्गत वडा नम्बर ८ र ९ मा रहेको सालिमे स्मार्ट कृषि गाउँ मौरी पकेट समूहको आयोजनामा मह उत्सव कार्यक्रमको आयोजना गरिएको हो ।
कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा मुसिकोटमा मौरी स्मार्ट गाउँ कार्यक्रम लागू भएपछि त्यहाँका ५० घरपरिवार किसान व्यावसायिक मौरीपालनमा आकर्षित बनेका हुन् । तीन वर्षअघि मौरी स्मार्ट कार्यक्रम लागू भएपछि यहाँका किसानले व्यावसायिक रूपमा मौरीपालन गर्दै आइरहेका छन् ।
मौरीपालन व्यावसायलाई आधुनिकीक...
गुल्मी । मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रकोे सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् । उक्त नगरपालिकाको वडा नं ८ र ९ मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आबद्ध छन् । समूहमा आबद्ध भएर व्यावसायिक मौरीपालन गर्दै आएका कृषकको हरेक घरमा न्यूनतम ८ देखि १५० सम्म मौरीका घार छन् ।
मौरीपालक कृषकलाई व्यावसायिक बनाउँदै कृषकहरूको जीवनस्तर माथि उठाउने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । सो कार्यक्रमका लागि उक्त केन्द्रमार्फत चार वर्षको अवधिमा रू. १ करोड २५ लाख अनुदान उपलब्ध गराउने भएकोमा पहिलो वर्ष रू. ५० लाख, दोस्रो वर्ष रू. ३७ लाख ५० हजार, तेस्रो वर्ष रू. २५ लाख र चौथो वर्ष रू. १२ लाख ५० हजार मौरीपालक कृषकलाई अनुदान उपलब्ध गराइँदै आएको छ ।
उक्त कार्यक्रमअन्तर्गत मौरी पकेट समूहका अध्यक्ष चुमा घर्तीमगरको दिन अहिले बिहानदेखि बेलुकासम्म मौरीसँग रमेरै बित्ने गर्दछ । उनको घरमा अहिले मौरीका १५० घार छन् । उनले ती घारबाट एकै याममा छ क्वीण्टलसम्म मह उत्पादन गर्दै आएकी छन् । चुमाजस्तै मालारानीका खुमकुमारी छन्तेल, मोहन छन्तेल र अर्लांकोटका टोपनारायण खरेललगायत कृषकले पनि एकै याममा मह विक्रीबाट जनही रू. एक लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए । कृषि ज्ञान केन्द्रले समयसमयमा कृषकलाई मौरीपालन गर्ने तरीकाबारे जानकारी गराउनुका साथै मौरीमा देखिने रोगकीराको पहिचान तथा क्षमता अभिवृद्धिलगायत तालिम दिँदै आएको उक्त कार्यक्रमका संयोजक हरिप्रसाद आचार्यले जानकारी दिए ।
मालारानीमा उत्पादित मह विभिन्न वनस्पति र फूलहरूको रसबाट उत्पादन भएको, विषादीरहित तथा प्रांगारिक भएका कारण पनि बजारमा धेरै माग हुँदै आएको छ । यहाँको मह स्थानीय बजारमा अहिले प्रतिकिलो रू. १ हजार ५०० मा विक्री हुँदै आएको छ । मालारानीलाई मौरीको पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्न यहाँका कृषकले आउँदो वैशाख ४ गते मह दिवस मनाउने भएका छन् । रासस
गुल्मी- मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मनिर्भर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रको सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् । उक्त नगरपालिकाको वडा नं ८ र ९ मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आबद्ध छन् । समूहमा आबद्ध भएर व्यावसायिक […]
बाँके – कृषि पेसाबाट पलायन भएका किसानहरू स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपछि फेरि कृषिमा फर्किएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका ७ फत्तेपुरका किसानहरू पुरानो प्रविधिबाट खेती गर्दा उत्पादनमा कमी भएपछि मजदुरी पेसामा लागेका थिए । तर कृषि ज्ञान केन्द्र बाँकेले ७ नम्बर वडामा स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि किसानहरू फेरि कृषि पेसामा फर्किएका हुन् ।
याे गाउँपालिका कृषि पेसामा होमिएको ठाउँ हो । तर पुरानै विधि र प्रविधि अपनाएर कृषि गर्दा उत्पादनमा कमी आएको थियो । लगानी र मेहनत धेरै लाग्ने ...
काठमाडौँ । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले प्रदेश मातहतबाट वितरण हुने अनुदानको प्रभावकारिता बढाउनका लागि अनुगमन कार्यक्रमलाई थप कडाइका साथ लागू गर्ने प्रतिबद्धता गरेको छ । किसानका लागि मन्त्रालयले सुरुवात गरेका स्मार्ट कृषि गाउँ, ब्याज अनुदान प्रदान गर्ने कार्यक्रमसहित प्रतिफलमा आधारित अनुदान कार्यक्रम नमुनाको रूपमा सफल भए पनि सबै अनुदान लिनेहरू […]
जेठ ७, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रभित्रका किसानलाई सहुलियत दरमा उन्नत जातको धानको बिउ वितरण शुरु गरेको छ । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण शुरु गरेको हो ।
नगर प्रमुख डा धवलशम्शेर राणाले शुक्रवारदेखि शुभारम्भ गरेको कार्यक्रम केही दिनसम्म चल्ने छ । किसानलाई झण्डै १६ मेट्रिक टन धानको बीउ वितरण गर्न लागिएको छ । ५० प्रतिशत अनुदान प्राप्त गर्ने भएपछि धानको बीउ लिन किसानहरुको लाम लागेको छ ।
किसानको आवश्यकतानुसार कम्तीमा ३५ किलोको एक बोरी धानको बीउ उपलब्ध गराउने गरिएको छ । राधा–४, रामधान, बहुगुणे–२ र सावा मन्सुरी सबवन गरी चार किसिमका धानका बीउ वितरण भइरहेको उपमहानगरपालिकाले जानकारी दिएको छ ।
अरब सागरको ‘ताउ-ते’ सामुद्रिक चक्रवातका कारण नेपालगञ्जमा तीन दिनसम्म परेको अविरल झरीपछि यहाँका किसान धानको बेर्ना रोप्न जुटेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार नेपालगञ्जसहित बाँके जिल्लाभरि यस वर्ष ३६ हजार हेक्टरमा धान खेती हुने आकलन गरिएको छ ।
शुरुआती चरणमै राम्रो वर्षा भएकाले रोपाइँ सप्रने अपेक्षा गरिएको छ । यहाँ उत्पादन भएको आधा धान चामलमा परिणत गरी कर्णाली लगायत विभिन्न जिल्लामा निर्यात हुँदै आएको केन्द्रले जानकारी दिएको छ ।
नेपालगञ्जसहित बाँके जिल्ला धानबालीमा अत्मनिर्भर भएको जिल्ला हो । जिल्लाका अधिकांश किसानका लागि धानबाली मुख्य आर्थिक स्रोतका रूपमा रहेको छ । धानको उत्पादन वृद्धि गर्नका लागि यहाँ धान ब्लक, धान पकेट तथा स्मार्ट कृषि गाउँ कार्यक्रम पनि लागू भएको छ । यो कार्यक्रमले पनि धानको उत्पादनमा वृद्धि गर्ने बताइएको छ ।
यसका साथै यहाँ यस वर्षदेखि सिँचाइ सुविधा उपलव्ध भएका कारण पनि धानको राम्रो उत्पादन हुने अपेक्षा गरिएको छ । सिक्टा सिँचाइ आयोजनाले किसानका अधिकांश खेतमा बाह्रै महीना सिँचाइ सुविधा पुर्याएको छ ।
विगतमा आकाशे पानीको भरमा धान खेती हुँदै आएकामा आयोजनाले नहरमा पानी छोडेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाका खेतीयोग्य जमीन हराभरा हुँदै आएका छन् । रासस
दाङ – तीन वर्ष मलेसिया र ४ वर्ष साउदीमा बिताउनुभएका दाङका गोविन्द रावत त्यहाँ राम्रो कमाइ नभएपछि स्वदेश फर्किनुभयो र गाउँमै तरकारी खेती गर्न थाल्नुभयो ।
शान्तिनगर गाउँपालिका ७ दुविचौरका गोविन्द अहिले आफ्नै खेतबारीमा रमाउनुभएको छ । २०७५ सालदेखि गाउँमा स्मार्ट कृषि कार्यक्रम लागू भएपछि दुईवटा टनेलमा तरकार...