पर्यटन बोर्डले गर्यो नवनियुक्त पर्यटनमन्त्री आलेलाई स्वागत तथा सम्मान (फोटोफिचर)

काठमाडौं, ९ कार्तिक । नेपाल पर्यटन बोर्डले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई आज स्वागत गरेको छ । भृकुटीमण्डपस्थित् बोर्डको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर मन्त्री आलेलाई पदाधिकारीले स्वागत गरेको हो । बोर्डका सिईओ डा. धनञ्जय रेग्मीले पुष्पगुच्छाले स्वागत गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

नेपालमा सबैलाई स्वागत छ भन्ने सन्देश गएकाे छ - कीर्तिमानी आराेही बुढामगर

काठमाण्डाै – घुँडासम्म दुवै खुट्टा गुमाउनुभएका कीर्तिमानी आराेही हरि बुढामगरले हिमाल चढ्न सुरुमा अनुमति लिन जाँदा नदिएको सरकारले आज सम्मान गरिरहँदा धेरै खुसी लागेको बताउनुभएकाे छ ।बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफूसहितको आरोही टाेलीलाई सम्मान गर्न आयोजित कार्यक्रममा आराेही बुढामगरले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकाहरूलाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताउनुभयो । शारीरिक अशक्त भएकाहरूलाई केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्द...

विश्व पर्यटन दिवस : मनाङका पर्यटन व्यवसायीले गरे पर्यटकको स्वागत

अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलाई मनाङमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप र पर्यटन ब्यवसायीहरुले स्वागत गरेका छन्। ४३ औँ विश्व पर्यटन दिवसको अवसर पारी पदमार्गमा आएका पर्यटकहरुलाई स्वागत तथा सम्मान गरिएको हो।  मनाङमा...

रुपन्देहीको बेलहियामा ५ पर्यटकलाई सम्मान

लुम्बिनी प्रदेश सरकारले ४२ औं विश्व पर्यटन दिवस मनाएको छ । लुम्बिनी प्रदेशको ग्रामीण पर्यटन तथा सहरी विकास मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा नेपाल भारत सीमा क्षेत्र भैरहवाको बेलहियामा मंगलबार विषेश कार्यक्रम गरेको हो । सो कार्यक्रमा ५ जना पर्यटकलाई सम्मान गरिएको छ ।  बेलहियामा भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई गृहमन्त्री बालकृष्ण खाँणले स्वागत गरे । भारतीय पर्यटक दिल्लीका लाला राम र केरलाका राकेश कुमार कच्छ पहिलो भारतीय पर्यटकको रुपमा नेपाल भित्रिएका थिए । यस्तै ईजरायलका

विश्व पर्यटन दिवसकाे अवसरमा भक्तपुरमा पर्यटकलाई स्वागत

काठमाडाैँ- विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाको विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत […]

भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाको विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ ।    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउनुभएका विदेशी पर्यटकको पहिलो समूहलाई ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत शैलीमा पुष्प गुच्छा दिँदै स्वागत एवं सम्मान गरे।     कार्यक्रममा भक्तपुर

क्यानडाका पर्यटन दूत टण्डनलाई सम्मान

१० जेठ, काठमाडौं । विदेशमा आफ्नै स्रोत र साधन प्रयोग गरेर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै नेपाल पर्यटन बोर्डले क्यानडाका पर्यटन दूत नरबहादुर टण्डनलाई सम्मान गरेको छ । नेपालका पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य मदन कुमार आचार्य र मिलन देवकोटलाई स्वागत तथा सम्मान कार्यक्रममा टण्डनलाई पनि सम्मान गरिएको हो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका […]

मन्त्री आलेले लगाइदिए टर्किस सुपरस्टारलाई भादगाउँले टोपी (तस्बिरहरु)

काठमाडौँ – नागरिक उड्डन तथा पर्यटन मन्त्री प्रेम बहादुर आलेले टर्कीका प्रसिद्ध कलाकार एन्गिन एल्टन डुज्याटनलाई भादगाउँले टोपी लगाएर सम्मान गरेका छन्। टर्किस बिजनेश काउन्सिल र पर्यटन मन्त्रालयको समन्वयमा टर्कीका सुपरस्टार एन्गिन एल्टन नेपाल आएका हुन्। उनलाई पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन पुनरुत्थान समितिले नेपाल ल्याउने काम गरेको हो। एन्गिनलाई स्वागत गर्दै मन्त्री आलेले भने, ‘नेपालमा चलचित्र […]

चार मेट्रिक टन फोहर व्यवस्थापन

बागमती सफाइ महाअभियानको शनिबार ४५७ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। सफाइका अवसरमा बागमती नदी किनारमा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो।सो अवसरमा उनीपनि  सफाइमा सहभागी भएका थिए। सफाइमा  अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद   तिमिल्सिना, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेलगायत अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले जानकारी

सुन्दरहरैंचा नगरपालिकाद्वारा मन्त्री ओझालाई स्वागत

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाले नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझालाई विशेष कार्यक्रमको आयोजना गरि स्वागत सम्मान गरेको छ । सुन्दरहरैंचा नपामा आयोजित कार्यक्रममा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि , विभिन्न राजनीति दल लगायतले खुसि प्रकट गर्दै स्वागत सम्मान गरेका थिए । स्वागत कार्यक्रममा मन्त्री ओझाले आफू सांसद मात्रै... The post सुन्दरहरैंचा नगरपालिकाद्वारा मन्त्री ओझालाई स्वागत appeared first on Purbeli News.

‘माउन्ट के टू’ आरोहण गर्ने पुर्जाको टोलीलाई परिसंघले गर्‍यो सम्मान

नेपाल उद्योग परिसंघले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरुलाई सम्मान गरेको छ । बिहीवार राजधानीमा कार्यक्रम आयोजना गरी परिसंघका अध्यक्ष सतिशकुमार मोरसहितको टोलीले के टू आरोही निर्मल पूर्जा र आरोहण दललाई  सम्मान तथा स्वागत गरेको हो  । समारोहमा अध्यक्ष मोर, परिसंघका वरिष्ठ उपाध्यक्ष  विष्णुकुमार अग्रवाल, परिसंघका पर्यटन कमिटी संयोजक पम्पा धमला, परिसंघका उपाध्यक्ष्यहरु अनुज अग्रवाल,राजेशकुमार अग्रवाल,सुलभ अग्रवाल र वीरेन्द्र पाण्डेको उपस्थिती थियो ।